बीपी साहित्य महोत्सव आजबाट

Sharing is caring!

भदौ २४, २०८० । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आजबाट तीन दिने ‘बीपी साहित्य महोत्सव २०८०’ सुरु हुँदैछ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने महोत्सवमा बीपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष आदि विभिन्न शीर्षकमा महोत्सवका छुट्टाछुट्टै सत्रहरु चल्ने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन आइतबार उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन,बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।
दोस्रो दिन गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।

तेस्रो तथा अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका एवम् सांगितिक साँझ गरिने आयोजनकले जनाएको छ।

महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु,बुद्धिजीवी,अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई अनुरोध गरिएको छ । महोत्सव भदौ २६ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *