पिएसिईएस पूर्व अभ्यास परीक्षा संचालन गर्ने नेपालको पहिलो अस्पताल मेडिसिटी

Sharing is caring!

भदौ २३, २०८० । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी यूके पिएसिईएस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन चिकित्सक, बेलायतसँगको सहकार्यमा व्यावहारिक मूल्याङ्कनको पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको हो ।

सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएका थिए । एमआरसिपी यूके पिएसिईएस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको हो ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिशियन, युकेसँग मिलेर एमआरसिपी यूके पिएसिईएस परीक्षाको पूर्व अभ्यास आयोजना गर्न पाउँदा निकै खुसि लागेको बताएका छन् ।
यस स्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्नुको साथै बिरामी सुरक्षाका मुद्दाहरू र संचारलगायत सफ्ट स्किलहरू पनि हेर्ने बताए ।

हामी धेरै विषयमा पछाडी छैनौ तर वर्तमान अवस्थामा पैसाले देशको महत्व गनिन्छ । त्यसको लागि पैसा कमाउँनु पर्छ पैसाको लागि सधैँ विदेशीहरुलाई हेरेर हुदैन् त्यसको लागि सहकार्य गर्न आवश्यक हुन्छ । उनले भने, ५ सय वर्षको इतिहास भएको व्यक्तिहरु मेडिसिटिमा आएर तपाई हाम्ीलाई विशवास गर्छन् तर हामी नेपालीहरु अलिकति विरामी भयो भने छिमेकी देश दौडिहाल्छौ । किनभने हामीले आँफैले आफैप्रति विश्वास नगरेका हौ । हामीले आफूप्रति विश्वास गर्न कहिले सुरु गर्ने, त्यो सुरु नभएसम्म हामी अगाडि बढ्न सक्दैनौ । यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरूको आवश्यकता मात्र नभई छिमेकी दक्षिण एसियाली देशका उम्मेदवारहरूलाई पनि फाइदा पु¥याउनेछ भन्ने आशा रहेको पनि उनको भनाई छ ।

बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरूले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरू र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिदै यसले एमआरसिपी यूकेसँगको दीर्घकालीन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् । उक्त परीक्षा युनाइटेड किंगडमका चिकित्सकहरूको रोयल कलेजहरूको महासंघका प्रतिनिधिहरू डा.तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीका अनुसार सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ ।

नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा.नीरज जोशीले नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्ने बताए । उनले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पिएसिईएस केन्द्रहरूले पिएसिईएस केन्द्रको दर्जा दिनुअघि निश्चित शैक्षिक मापदण्डहरू पूरा गर्नुपर्ने पनि बताए ।

उनले भने, नेपाल मेडिसिटीमा एमआरसिपी पिएसिईएस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ। यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *