लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन : सभापति देउवा

Sharing is caring!

मंसिर ५, २०८० । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुद्दाको फैसला लामो समयसम्म नहुँदा जनताले न्यायको अनुभूति गर्न नसकेको बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको ३४औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बाजेको पालादेखिको मुद्दा नातिको पालासम्म पनि फैसला हुन गाह्रो छ भनेपछि कहिले न्याय पाउने जनताले ? छिटो छरितो रुपमा न्याय हुन सके मात्र पीडितले न्यायको अनुभूति गर्न सक्छन्’ उनले भने ।

सुशासन र समृद्धि आजको आवश्यकता हो भन्दै देउवाले भने, ‘असल सरकार, सक्षम न्यायपालिका र जवाफदेही व्यवस्थाबिना सुशासन आउँदैन । संविधान बनाउँदा हामीले सबैको सबै खाले हक लेखेका छौं तर आज नागरिकका मौलिक हकसम्बन्धी व्यवस्था कानूनको अभावमा उचित कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान जान आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *