पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

Sharing is caring!

जेठ १९, २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन-तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *