देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता

Sharing is caring!

चैत १५, २०८० । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए । उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए ।

उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन् ।

यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरितका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध, चोरी, जवर्रजस्ती करणी, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, साइवर अपराध, अपहरण, हत्यालगायतका घटनाहरु धेरै भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीका अनुसार सैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३ .२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *