निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिश

Sharing is caring!

चैत ११, २०७५ । संवैधनिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त पदमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । संखुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमवार बसेको परिषद् बैठकले थपलियालाई प्रमुख आयुक्त सिफारिश गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले आइतवार अवकाश पाएपछि आयोग प्रमुख आयुक्तविहीन बनेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमेत सहभागी थिए । परिषद्का सदस्यसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित जानकारी गराएर अनुपस्थित रहेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *