हावाहुरी प्रभावितलाई प्रदेश नंं. ५ सरकारले पनि एक करोड सहयोग गर्ने

Sharing is caring!

चैत २३, २०७५ । आइतबार बारा र पर्सामा आएको हावाहुरी प्रभावितलाई प्रदेन नं. ५ सरकारले करोड सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट उपलब्ध गराउने भएको छ । रकम प्रदेश २ सरकारको मुख्यमन्त्री राहत कोषमा

जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए ।
यसअघि गण्डकी प्रदेश, सुदरपश्चिम पश्चिम, प्रदेश नं. ३ ले एक–एक करोड र काठमाडौँ महानगरपालिकाले २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

यस्तै सरकारले क्यान्सर रोगबाट पीडित भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई पनि उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । ८० वर्षीया पोखरेल तीन महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै प्रदेशसभा सदस्यको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरी त्यसको प्रिमियम बुझाउने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले जानकारी दिएका छन् ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *