हवाई इन्धनको मूल्य घट्यो

Sharing is caring!

पुस २६, २०७५ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै लागू हुनेछ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

यस अघि १०४ रुपैयाँ ५० पैसा लिटर रहेको उक्त इन्धनको मूल्य अबदेखि ९४ रुपैयाँ ५० पैसामा कायम गरिएको  निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *