नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

Sharing is caring!

पुस २५, २०७५ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच नेपाल सरकारले चालु आ.व.२०७५-०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *