हात्तीको आक्रमणबाट युवकको मृत्यु

Sharing is caring!

मंसिर १४, २०८० । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणमा परी एकजना युवकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–२ शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै जंगली हात्ती घुमिरहेको देखिएपछि स्थानीय बासिन्दा धपाउन भेला भएका थिए ।

प्रहरीका अनुसार त्यही क्रममा खड्का पनि सहभागी भएका थिए । भगाउने क्रममा उनलाई हात्तीले कुल्चिएको थियो ।

मृतक खड्काको शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *