सर्वसुलभ न्यायका लागि श्रव्यदृष्यबाट मुद्दाको सुनुवाइ : प्रधानन्यायधीश

Sharing is caring!

मंसिर १४, २०८० । प्रधानन्यायधीश विश्वभरप्रसाद श्रेष्ठले सरल न्याय प्रदान गर्ने उद्देश्यका साथ श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाईको कार्य सुरुवात गरेको बताएका छन् ।

आज उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौडामा श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाई शुभारम्भ कार्यक्रममा उनले सबैको सर्वसुलभ तरिकाले न्याय दिनको लागि यो तरिका अपनाएको जानकारी दिँदै यसले कानून व्यवसाय, अदालत र मुद्दाका पक्ष गरी तीनै पक्षलाई प्रविधिमार्फत् सहयोग गर्ने बताए ।

उनले भने, ‘श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाई यो एउटा नयाँ सुरुवात हो । हामीले यसबाट बयान र बकपत्र पनि गराएका छौं । सरल रुपले न्याय प्रदान गर्नका लागि, प्रमाण संकलनका लागि यो व्यवस्था सरल तरिका भएको छ । न्यायमा सबैको पहुँच पुर्याउन र सर्वसुलभ तरिकाले न्याय प्रदान गर्नका लागि यो तरिका अपनाएका छौं । यो कार्यक्रम निरन्तर अगाडि बढ्छ ।’

यस्तै, उनले यस प्रविधिमार्फत् कानूनको दायरामा बसेर काम हुने अदालत आउन नपर्ने, समयको बचतको साथै काम पनि सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *