उर्जा सचिव घिमिरे र सेनाका उपरथि पाण्डेको राजीनामा स्वीकृत

Sharing is caring!

मंसिर ७, २०८० । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । उनले राजिनामा २०८०-०७-२४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान लिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *