साउन तेश्रो साताबाट कर्मचारी समायोजन प्रक्रिया शुरु

Sharing is caring!

साउन ५, २०७५ । सरकारले संघ, प्रदेश र स्थानीय तिनै तहमा आवश्यक पर्ने कर्मचारीको समायोजन प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार समायोजन प्रक्रिया शुरु हुने बताउनुभयो ।

सरकारले संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा रहने कर्मचारीको स्थायी दरबन्दी यसअघि ने टुंगो लगाइसकेको छ । त्यस अनुसार तत्काल २१ हजार नयाँ कर्मचारी आवश्यक पर्छ ।

हाल निजामतीतर्फ ८६ हजार र स्थानीय तहतर्फ १७ हजार गरी १ लाख ३ हजार कर्मचारी कार्यरत् छन् । तीनै तहमा गरी १ लाख २४ हजार २ सय ५७ कर्मचारी आवश्यक पर्ने भन्दै संगठन संरचना पारित गरेको छ ।

उहाँले भन्नुभयो, हाल रहेका निजामतीका ८६ हजार र स्थानीय तहका १६ हजार कर्मचारीलाई स्थानीय तह, प्रदेश र संघमा समायोजन गरेपछि अपुग कर्मचारी पदपूर्ति लोकसेवा आयोगद्वारा गरिने जानकारी दिए । प्रदेश लोकसेवा आयोग गठन नभएकाले समायोजनपछि आवश्यक पर्ने कर्मचारीको भर्ना केन्द्रिय लोकसेवा आयोगले नै गर्नेछ । पछि प्रदेशमा लोकसेवा आयोग गठन भएपछि प्रदेश र स्थानीय तहका कर्मचारीको पदपुर्ति प्रदेश लोकसेवा आयोगले गर्ने जनाइएको छ ।

कर्मचारी समायोजन गर्दा पहिला दरबन्दी अनुसार स्थानीय तहमा कर्मचारीको समायोजन गरिने छ भने त्यसपछि प्रदेश तहमा कर्मचारी समायोजन गरिनेछ । स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजन गरेपछि बाँकीलाई संघमा समायोजन गरिनेछ ।

समायोजन ऐनमा भने कर्मचारी समायोजनको आधारको रुपमा कर्मचारी कार्यरत पदको ज्येष्ठता, कर्मचारीको रोजाई र स्थायी बसोवासका आधारमा कर्मचारी समायोजन गरिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *