सरकार र सवारी चालकबीच ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

Sharing is caring!

असोज ५, २०७५ । नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति बीचको ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्मासहितका आन्दोलनरत चालकका प्रतिनिधि र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागी छलफलमा आठ बुँदामा सहमति गर्दै चालकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।

सडक दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

सहमतिमा कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भए निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सहमति भएको हो ।

आन्दोलनका क्रममा सहमतिपछि सरकारले पक्राउ परेका सबै चालकलाई आजै रिहा गर्ने निर्णय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *