स्थानीय र सरकारबीच कुरा मिलेन,फोहोर अझै नउठ्ने

Sharing is caring!

साउन ३, २०८० । ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ।

सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।

नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठकमा ल्याण्डफिल्ड साइटका स्थानीयलाई परेको असरबारे गम्भीर छलफल भएको तर ठोस निर्णय नभएको ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको भन्दै काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले थप छलफल गर्ने गरी आजको बैठक सकिएको बताए ।
उनले भने ‘माटो क्यापिङ र झिंगा नियन्त्रणका लागि तत्काल काम सुर्ने विषयमा सहमति जुटेको छ । ’
तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोर बोकेका गाडी रोकिरहेका छन्।

छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले बस्न अफठ्यारो भएको भन्दै स्थानीयले तत्काल झिंगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रभावित क्षेत्र किटान गर्न भोली नै प्राविधिक टोली फिल्डमा जाने सहमति भएको ककनी गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष घननाथ बजगाईले, भोलिदेखि नै झिंगा व्यवस्थापन लगाएतका विषयमा सहमति भएको बताए ।
तर पूर्ण रुपमा समस्या समाधान नभएसम्म फोहोर लैजान नदिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *