सामाजिक सुरक्षा कार्यक्रममा ६७ लाख खर्च

Sharing is caring!

मंसिर १४, २०७५ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायत काममा सरकारले ६७ लाख रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । सरकारले उक्त कार्यक्रमको लागि करोडौं रुपैयाँ खर्च गरेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले खर्च गरेको जानकारी दिएको हो ।

मङ्सिर १० गते सम्पन्न मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई सो रकम उपलब्ध गराएको जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् । उनले आफूले भन्दै नभनेको विषयमा समेत सञ्चारमन्त्रीले यस्तो आदेश दियो भनेर समाचार आएको भन्दै समाचारको स्रोत पुष्टि गरेर मात्र समाचार लेख्न आग्रह गरे ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र क्याम्बोडिया सरकारबीच हुने हवाई सेवासम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री÷सचिवलाई प्रारम्भिक हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । रेल्वे ऐन, २०२० खारेज गरी रेल्वेसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने तथा नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षासम्बन्धी विषयको नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठक मङ्सिर २७ र २८ गते काठमाडौंमा गर्न स्वीकृति दिइएको छ ।यो खबर आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *