साक्षरता अभियान: शिक्षामा लगानी बालुवामा पानी

Sharing is caring!

भदौ १८, २०७५ । सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पुरा भएको छ ।

हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पुरा हुदा समेत पुर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन ।

सरकारले यो वर्ष पनि अबको २ वर्ष भित्र सबै निरीक्षरलाई साक्षर बनाउने घोषणा गरेको छ । तर सरकारको सो घोषणा पुरा हुने सम्भावना कम छ ।
देशको राजधानी काठमाडौ समेत पूर्ण साक्षर हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आव २०७५-२०७६ सम्म बाँकी रहेका सबै निरक्षरलाई साक्षर बनाउने निर्णय गरिसकेको छ ।

पछिल्लो तथ्याङक अनुसार मुलुकभर हाल करिब ३ लाख निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समुहका ती जनसंख्या ३० जिल्लामा रहेका छन् ।
सरकारले अभियान संचालन गरेको ७७ जिल्ला मध्य ४७ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । प्रदेश नम्बर ४ का सबै जिल्ला साक्षर घोषणा भैसकेका छन् । प्रदेश २ को कुनैपनि जिल्ला साक्षर हुन सकेको छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विसं २०६५-२०६६ सालदेखि सरकारले संचालन गरेको अभियान उपलब्धी मुलक रहेको बताउनुभयो । सबै अभियान भनेकै समयमा सफल नभएका होलान तर साक्षर अभियान सोचेभन्दा बढी सफल भएको छ । अब विसं २०७६ सालदेखि कोही पनि निरक्षर हुन पर्दैन सबैलाई साक्षर बनाएरै छाड्नेछौ–उहाको भनाई थियो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले हिजो आइतबार आयोजना गरेको कार्यक्रममा निरक्षर रहेका करिब १८ प्रतिशत जनसंख्यालाई दुई वर्ष भित्र साक्षर बनाइसक्ने दाबी गरेको छ । केन्द्रका महानिर्देशक वावुराम पौडेलले अबको अभियानले दुई वर्षभित्र कोहीपनि निरक्षर नहुने दाबी गर्नुभयो ।

हालसम्म खुला विद्यालय तर्फ निमावि तहमा ३७ र मावि तहमा ८४ र १ सय ३७ अनौपचारिक पौढ विद्यालयका वटासम्पुर्ण निरक्षर साक्षर भैसकेको उहाको भनाई थियो । ६ सो भन्दा माथी उमेर समुहका ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समुहका ८८ दशमलब ६ र १५ देखि माथी उमेर समुहका ५७ प्रतिशत जनसंख्या साक्षर भैसकेका छन् ।

सरकारले साक्षर अभियान अन्तर्गत हालसम्म करिब ७ अर्ब रुपिया खर्च भैसकेको छ । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको थियो ।

पछिल्लो समयमा सरकारले विसं २०६९ देखि २०७२ सम्मको अवधीलाई साक्षर नेपाल अभियान भनी सञ्चालन गरेको थियो ।

अभियानको पहिलो वर्ष १६ लाख ९३ हजार ९६५ र दोस्रो वर्ष झन्डै १५ लाख नेपालीलाई साक्षर गराउने लक्ष्य लिएको थियो । हालसम्म कति साक्षर भएका छन भन्ने विषयमा यथार्थ तथ्याङ सार्वजनिक गर्न सकेको छैन ।

करिब ३ लाख जनसंख्या साक्षर हुन बाँकी रहेको दाबी गरिएतापनि यकिन तथ्याङ दिन सकेको छैन । आव २०६७-६८ मा देशैभर घरधुरी सर्वेक्षण गरी निरक्षरको नाम नामेसी सहितको लगत तयार गरिएको थियो ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा ६५ दशमलव ९ प्रतिशत नागरिक साक्षर रहेको देखिएको थियो भने त्यसपछि साक्षरता बढेको पाइए पनि राष्ट्रिय सर्वेक्षण गरिएको छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही भदौ २३ गते ३९ औं राष्ट्रिय शिक्षा र ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस को दिन अभियान घोषणा गर्दैछ ।
केन्द्रका निर्देशक टेकनारायण पाण्डेले साक्षरता अभियानलाई सफल बनाउन सबै सरोकारवाला अघि बढ्नुपर्ने बताउनुभयो । महानिर्देशक पौडेलले अब प्रदेश र स्थानीय तहबाटै अभियान सफल पार्नुपर्ने बताउनुभयो ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *