साँग्रिला डेभलपमेन्ट बैैंकको नयाँ शाखा सिमकोट हुम्लामा

Sharing is caring!

असार १७, २०७६ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबारदेखि हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरेको छ । यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेका छन ।

यस शाखा कार्यालयको उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले सयूक्त रुपमा उदघाटन गरे।

उक्त कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश श्री केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद ढुङ्गाना लगायत बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *