नेप्से निरन्तर ओरालो, साताभरि ७१ अंकको गिरावट

Sharing is caring!

माघ ११, २०८० । सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा कायमै छ । साताभरि घटेको नेप्से बिहीबार पनि एकल अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको छ ।

हप्तामा पाँच दिन कारोबार भएको नेप्से ७१.७१ अंकले घट्यो । नेप्से सूचक मात्र नभइ कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सात अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको बजारमा त्यसपछि निरन्तर गिरावट आएको हो ।

साताभरिमा करिब २६ अर्ब रुपैयाँको कारोबार भएको छ भने दैनिक औसत कारोबार पाँच अर्ब रुपैयाँ छ ।
बिहीबार घटेको बजारमा सामलिङ पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, मिडसोलु हाइड्रोपावर कम्पनीको ८.७९ प्रतिशतले घटेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.९१ प्रतिशतदेखि ८.१२ प्रतिशतले बढेको छ ।
आज एक करोड १६ लाख कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम तीन अर्ब ७६ करोड रुपैयाँ छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । हिमालयन रिको २८ करोड ६७ लाखको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४६ रुपैयाँ ८० पैसा रह्यो । दोस्रोमा रहेको ज्ञादी ग्रुप अफ पावरको १९ करोड ६५ लाखको कारोबार भएको छ भने तेस्रोमा अरुण काबेली पावरको ९ करोड १८ लाखको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *