प्रभु बैंकको नयाँ शाखा गोरखाको छेपेटारमा

Sharing is caring!

भदौ १३, २०७६ । प्रभु बैंक लि. ले नयाँ शाखा गोरखाको छेपेटारमा विस्तार गरेको छ ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि. ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा बिहिबारदेखि बैंकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख श्री राजनराज पाण्डेले गर्नु भएको हो ।

छेपेटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बिहिबारदेखि सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *