सुडान घोटालाका ठेकेदार शम्भु भारती पक्राउ

Sharing is caring!

भदौ १३, २०७६ । सुडान घोटालामा दोषी ठहरिएका फरार ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुडान घोटालामा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतले दोषी ठहर गरेसँगै ठेकेदार भारती फरार भएका थिए ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्चले भारतीलाई १४ करोड २० लाख विगो र त्यती नै जरिवाना सहित एक बर्ष कैदको फैसला गरेको छ ।

नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दो-बस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो । अख्तियारले मुद्दा दायर गरी करिब ४४ करोडको खरिदमा २९ करोडको अनियमितता जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *