एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

Sharing is caring!

असोज १८, २०८० । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उनले एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासी लगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

पार्टीमा स्वागत गर्दै उनले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मान जकन प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *