लम्पी स्किनको राहतमा ढिला भएको मन्त्री भुसालद्वारा स्वीकार

Sharing is caring!

भदौ १७, २०८० । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई उपलब्ध गराउने राहत मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् । आाईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्रिया लम्बीएको कारण मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको र किसानलाई राहत उपलब्ध गराउन ढिला भएको स्वीकार गरेका हुन् ।

उनले भने, लम्पी स्किनको राहत मापदण्डमा गृह र अर्थको आनाकानी हो कि भन्ने जिज्ञासा छ । त्यत्ति धेरै छैन् । तर हाम्रो प्रक्रिया लम्बिएको नै छ त्यसमा स्वीकार गर्नुपर्छ । तिव्र रफतारमा रुपमा हुनुपथ्र्यो हुन सकेको छैन् । मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो ।

उनले सरकारले लम्पी स्किनको खोप देशमै उतपादन गर्ने तयारी गरिरहेको बताए। अहिले लम्पी स्किन थपिने क्रम नरहेको भन्दै अर्को वर्षको नियन्त्रण गर्ने तयारी गर्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *