पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन

Sharing is caring!

पुस १०, २०८० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन निर्देशन दिएका छन् ।

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् । बैठकमा समतिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति बताए ।

यो विश्व वद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको उनको भनाई थियो । यस विश्वविद्यालयमा नेपालका सवै धर्मशास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितीका सदस्य चेतनाथ गौतमलेख बताए ।

विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रकिो दाबी थियो । नेपालमुखि अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीको भनाई थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *