भ्रष्टाचारविरुद्ध नेविसंघद्वारा विरोध प्रर्दशन

Sharing is caring!

भदौ १७, २०८० । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरुद्ध शिक्षा स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ । आज काठमाडौंको माईतीघरमा आयोजित विरोध प्रर्दशनमा सहभागिहरुले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


प्रर्दशनमा सहभागिले मुल्य वृद्धि खारेज गर, प्रचण्ड सरकार होसियार जस्ता नारा लगाएका थिए ।
नेविसंघ नेता गौरव पाण्डेले सरकारले मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिए ।


सरकारले जनताको ढाड सेकाउने गरी मुल्य वृद्धि गरेको छ । सरकारलाई हाम्रो चेतावनी विद्यार्थिहरुको उग्र रुप देख्नु हुनेछ । यसरी जनतालाई लुट्न पाईदैन् । प्रचण्ड सरकारले यस्तो कार्य गरिरहेको छ । विरोध कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थिहरुले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।


सरकारले आफुहरुलाई झुटो आश्वासन दिएर जनताको आंखाका धुलो छर्ने काम गरेको उनिहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *