सर्वोच्च शिखरको साखमा ह्रास

Sharing is caring!

जेठ २०, २०७६ । यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ ।  यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।

सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमध्ये क्रमशः चार र पाँचजनाको मृत्यु भएको थियो । सन् २०१६ मा पाँच र सन् २०१५ मा भूकम्पका कारण १९ जना आरोहीको निधन भएको थियो । सन् २०१४ मा पनि आधार शिविरभन्दा केही माथि आएको हिउँपहिरोमा परी १७ जनाको निधन भएको थियो । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *