नयाँ सरकार गठनपछि तेस्रोपल्ट बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Sharing is caring!

वैशाख २०, २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मटीतेलको मूल्यवृद्वि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा र डिजेल र मटीतेलमा तीन-तीन रुपैयाँले मूल्यवृद्वि गरेको छ । पेट्रोलियम पदार्थमा बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

निगमका अनुसार मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मटीतेल दुवैको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भने भूल्य यथावत रहेको निगमले जनाएको छ ।

वाम सरकार गठन भएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको यो तेस्रो पटक हो । पछिल्लोपटक वैशाख ३ मा पेट्रोलमा एक रुपैयाँ र डिजल र मटीतेलमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाइएको थियो । निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा नाफा छ, तर डिजेल तथा मटीतेलमा १ रुपैयाँ २२ पैसा घाटा रहेको छ । त्यसैगरी एलपी ग्यासमा ६४ रुपैयाँ २९ पैसा घाटा छ । अहिलेकै बिक्री अनुपातमा निगमलाई २१ करोड मासिक नाफा हुनेछ । निगमका अनुसा डलरको सटहीदरमा वृद्धि भएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मूल्य समायोजन गर्नुपरेको हो । यो खबर आजको कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *