लागू पदार्थको पनि ‘डिलर’ !

Sharing is caring!

साउन २७, २०७६ । ललितपुरको बखुण्डोलस्थित ट्याक्सी चालक ५० वर्षीय जीवन रानाको कोठाबाट औषधिजन्य लागू पदार्थको ‘डिलर’ फेला परेको छ । अभियुक्त रानाले लागू औषध ओसारपसार तथा कारोबारमा बा १ ज ७८७७ नम्बरको ट्याक्सी प्रयोग गर्दै आएका थिए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार, कलङ्कीस्थित रिजन गेस्टहाउसबाट शनिबार चन्द्रगिरि, थानकोटका ३५ वर्षीय पूर्णदास गोपाली १२–१२ एम्पुल लागू औषधसहित पक्राउ परेलगत्तै थप अनुसन्धान गर्दा ‘डिलर’ फेला परेको हो ।

होटलमा लागू औषध बिक्री वितरण भइरहेको विशेष सुराकीका आधारमा प्रहरीले गोपालीसहित पाँच जनालाई फेनारगन, डाइजेपाम र नुर्फिन गरी ३७ एम्पुल र नगद ९७ हजारसहित पक्राउ गरेको हो । पक्राउ अभियुक्तले आफूहरू लागू औषध कारोबारका लागि एजेन्ट भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर पालले भन्नुभयो, ‘‘एजेन्टहरूले दिएको बयानका आधारमा डिलर खोज्दै जाँदा ट्याक्सीसहित चालक जीवन पक्राउ परेका हुन् । तनहुँ दमौली निवासी जीवनले लागू औषधको कारोबारबाट घरघडेरी खरिद गरेको पाइएको छ ।

अभियुक्त जीवनले राति ट्याक्सी चलाउने र दिउँसो लागू औषधको कारोबार तथा ओसारपसार गर्दै आएका थिए । वृत्त प्रहरीले उनको कोठाबाट लागू औषध फेनारागन दुई सय ५० एम्पुल, नु्रफिन एक सय ४३ एम्पुल, डाइजोपाम एक सय ७३ एम्पुल, सुनको सिक्री, औँठी, चाँदीको गहना र नगद दुई लाख ७९ हजार बरामद गरेको छ ।

त्यसअघि गोपालीबाट बरामद लागू औषध र सानेपाबाट पक्राउ परेका नवलपरासी रजहर घर भई हाल नख्खु बस्दै आएका ४० वर्षीया नौमाया मगरको साथबाट बरामद लागू औषध पनि जीवनकै डिलरबाट खरिद गरेको पाइएको छ ।

यसैबीच, नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत सेनानी ३६ वर्षीय अजितप्रसाद सिंह र सुनसरी रामधुनी नगरपालिका बस्ने २२ वर्षीय प्रमोदकुमार चौधरी एक ग्राम ३ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *