सत्ताको खेलमा नलाग्न अध्यक्ष लिङ्देनलाई कमल थापाको सुझाव

Sharing is caring!

साउन १६, २०८० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न सुझाव दिएका छन् ।

काठमाडौं राष्ट्रिय जन आन्दोलन मोर्चासंगको पार्टी एकता घोषणा कार्यक्रममा उनले ‘म सबैलाई आग्रह गर्न चाहान्छु । केशर विष्टजी हुनुहुन्छ , दुर्गा प्रसाई हुनुहुन्छ यस्तै अभियान चलाई राख्नु भएको छ । उहाँहरुलाई पनि उहाँहरु जस्तै अन्य समुहलाई पनि यो अभियानमा सहभागि हुन आग्रह गर्न चाहान्छु । राष्ट्रि प्रजातन्त्र पार्टीलाई पनि म आग्रह गर्न चाहान्छु । ’

उनले राप्रपा अध्यक्ष लिङ्देन प्रति आफ्नो कुनै पूर्वाग्रह नभएको भन्दै उनले राप्रपाकै नेतृत्वमा आफूहरु संघर्षमा होमिन तयार रहेको उनको भनाई छ ।

राजेन्द्र लिङ्देनप्रति मेरो हाम्रो कुनै आग्रह पूर्वाग्रह छ्रैन् । जे जस्तो परिस्थितीमा होस् महाधिवेसनबाट उहाँ अध्यक्ष निर्वाचित हुनु भएको हो । त्यसलाई मैले स्वीकार गरिसकेको छु । उहाँलाई मैले बधाई दिएको छ । उहाँलाई पनि म आग्रह गर्न चाहान्छु । पार्टी एकता महाधिवेनको म्यान्डेड अनुसार सत्ता केन्द्रित फोहोरी प्रतिश्पर्धामा नलाग्नुस् । तपाईसमेत संलग्न भएर पारित भएको त्यो प्रस्तावको भावना अनुसार सडक र सदनबाट संघर्ष गरौं । उनले भने ‘तपाई चाहानु हुन्छ तपाई कै राप्रपाकै नेतृत्वमा संघर्ष गर्न हामी तयार छौ तर एउटासर्त छ । सर्त के हो भने सत्ता केन्द्रित फोहोरी खेललाई छोडेर । सडक संघर्षमा लाग्नु पर्दछ ।

उनले महाधिवेशनमा दुर्घटना नभएको भए राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०-३५ सिटमा चुनाव जित्थ्यो भन्दै अहिलेको राप्रपाको सफलता पनि कम नभएको भन्दै त्यो शक्तिलाई सत्ता प्राप्तिका लागि नभई उपलब्धि संरक्षणका लागि प्रयोग गर्न आग्रह गरे ।

उनले भने १४ जनाले संसदबाट हुंकार गर्नुस् । सत्ताको लागि होइन् । हामी सडकबाट गर्छौ । हामी पनि हेर्छौ कस्ले के गर्दो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *