मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

Sharing is caring!

साउन १६, २०८० । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिएका हुन् ।

सिँचाइको समस्या छदैछदा सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीकोसमेत समस्या विकराल देखिएको भन्दै उनले संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई आग्रह गरे ।

उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो।

नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *