नेपाल पत्रकार महासंघद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

Sharing is caring!

साउन २०, २०७५ । नेपाल पत्रकार महासंघले साईबर क्राईमलाई पत्रकारहरु तर्साउने माध्यामको रुपमा प्रयोग नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साईबर क्राईमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुन नदिन महासंघ सचेत रहेको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साईबर क्राईम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषय नभएकाले यसलाई पत्रकारहरुसँग जोडेर हेर्न नमिल्ने तर्क पनि गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले पत्रकारलाई साईबर क्राईमको नाममा तर्साउने काम गरे संह्य नहुने चेतावनी पनि दिए ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले अनुसन्धानबाट पुष्टि नभई साईबर क्राईम अन्तरगत कसैलाई पनि कार्वाही नहुने स्पष्ट पारेका छन् । उनले साईबर अपराधसम्बन्धि उजुरी आएपछि त्यसलाई प्रमाणको आधारमा मात्रै अघि बढाउने गरेको उनको दावी थियो ।

नेपाल प्रहरीसँग हाल १ हजार १ सय ९७ वटा साईबर क्राईमसम्बन्धि उजुरी दर्ता भएका छन । ती सबै उजुरीमाथि प्रणाम पु¥याएर मात्रै कार्वाही प्रक्रिया अघि बढाउने प्रहरीको दावी छ । कार्यक्रममा पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र साईबर क्राईमबीच कुनै सम्बन्ध नभएको दावी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *