संसद बिगठन विरुध्द राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

Sharing is caring!

जेठ ९, २०७८ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन YCL नेपालले देशै भरी राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के पी शर्मा ओलीले चालेको असंबैधानिक प्रतिगामी कदम संसद बिगठन विरुध्द राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

काठमाण्डौ,भक्तपुर, ललितपुर लगायत देशै भरी पुत्ला दहन गर्ने कार्यक्रम भएको YCL नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिनुभयो । शंकटको घडीमा मध्यराती सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्तत्री र राष्ट्रपतीको नालायकी र कायर पन भएको बताउनुभयो । देशी विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएर संबिधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशको लागी दुर्भाग्य भएको बताउनुभयो ।

अब युवा जागेर संबिधान र उपलब्धिको रक्षा गर्नुपर्ने पनि बेला आएको छ । साथै, देशै भरिका क्रान्तिकारी देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रबृत्ति र ब्यक्तिको विरोध गर्न अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *