संविधान दिवसको विरोध गर्न राजपाको केन्द्रीय सकूर्लर

Sharing is caring!

भदौ २७, २०७५ । संघिय (केन्द्रीय) सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

राजपाले असोज ३ गते संविधान दिवसको दिन विरोध प्रदर्शन र विरोध सभा, त्यहि दिन साँझ ७ बजेदेखि ७:१५ बजेसम्म बल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार दिँदै आफ्ना सबै जिल्ला कमिटीलाई मंगलबार पत्राचार गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको त्यो पत्र अन्यन्तै गोप्य राखिएको छ । त्यही संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागि भएका राजपाको प्रदेश २ मा गठबन्धनको सरकार छ । संघिय समाजवादी फोरमसँग मिलेर उसले प्रदेश २ मा सरकार बनाएको छ ।

राजपाले संघिय सरकारलाई पनि समर्थन गरेको छ । सोमबार र मंगलबार दुई दिन बसेको राजपाको अध्यक्ष मण्डलको बैठक गरेको ११ बुँदे निर्णय लेखिएको सर्कूलर जिल्ला कमिटीलाई पठाइएको छ ।

११ औं बुँदामा ‘असोज ३ गते मधेसी बिरोधी संविधान जारी गरेकोले त्यो दिन बिभिन्न बिरोधका कार्यक्रमहरु गरी बिरोध दिवस मनाउन’ उल्लेख गरिएको छ । राजपाले संविधान जारी भएको असोज ३ गतेलाई यसअघि कालो दिवस भनेर बिरोध जनाउँथे । यसपाली बिरोध दिवस भनेका छन् ।

‘हामीले सडकबाटै असन्तुष्टि राखिरहँदा पनि असोज ३ गते जबरजस्ती संविधान जारी भयो,’ राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले भने, ‘हाम्रा असन्तुष्टि सुन्नसम्म चाहेनन्, बरु गोली ठोके । त्यसैले संविधान दिवसको दिन हामी कुनै न कुनै रुपमा विरोध जनाउने छौं ।’

प्रवक्ता सिंहले राजपाको अध्यक्ष मण्डलको गोप्य सर्कूलरबारे आफूलाई जानकारी नरहेको दाबी गरे ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *