संघीयता असफल बनाउने प्रयत्न : राजेन्द्र महतो, राजपा नेता

Sharing is caring!

जेठ १६, २०७५ । क्रान्तिकारी बजेट आउँछ भनिएको थियो तर क्रान्तिकारी देखिएन । रातो झोला बोकेर बजेट पढ्न आउँदा क्रान्तिकारी नै हो कि जस्तो लागेको थियो तर झोलाभित्र क्रान्तिकारी रहनेछ ।

बजेटको सबैभन्दा ठूलो पक्ष कार्यान्वयनको हो । योजनाहरु थुप्रै राखिएका छन्, तर कार्यान्वयनको विश्वसनीय आधार बजेटले देखाएको छैन । सांसदलाई ४ करोड रुपैयाँ दिनु गलत भयो । अझै पनि सांसदलाई दिइएको ४ करोड रुपैयाँ फिर्ता लिएर सांसदले भनेका योजना सरकारले सञ्चालन गर्ने प्रणाली बनाउनु राम्रो हुन्छ । यसले जिल्लामा झगडा मच्याउँछ । यो पैसाले सबैतिर योजना बाँड्न सकिन्न । सांसदलाई बदनाम पनि गराउने र काम पनि खासै नदेखिने हुने भयो । यसलाई रोक्नु राम्रो हुन्छ ।
बजेटले संघीयतालाई प्राथमिकतामा राखेको पाइएन । प्रान्तलाई कर लगाउन पाउने अधिकारबाट बन्चित गरिएको छ । केन्द्रले सबै कर लगाउने र सबै आम्दानी राख्ने गरेपछि संघीयताको अर्थ के भयो ? संघीय संरचनालाई अधिकारविहीन बनाएर असफल बनाउने दिशातिर यो बजेट केन्द्रित छ । संघीयता बलियो बनाउन प्रान्तलाई पनि करको आम्दानी लिन पाउनु पर्ने व्यवस्था गर्नुपर्दथ्यो । बजेटमा त्यस्तो आएन ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *