काठमाडौंमा प्रहरीको ‘सेक्रेट अप्रेशन’: ८६ जना विदेशी नागरिक समातिए

Sharing is caring!

पुस ८, २०७६ । गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ८६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा छापा मार्दा थुप्रै विदेशी नागरिकहरु र उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो।
‘८६ जनाभन्दा बढी नागरिक पक्राउ गरेका छन्, उनीहरूको गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिन्छौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।

प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । प्रहरीले वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।

एसएसपी सुवेदीले बैंक ह्याकिङमा संम्लग्नहरुलाई गत भदौमा नियन्त्रणमा लिएको उच्च अदालत पाटनले थुनामा पठाएको समयमा सोही गिरोहसँगको संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको बताउनुभयो । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । यो खबर आजको नेपालसमाचारपत्र छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *