कलङ्की–महाराजगञ्ज सडक ८ लेन : संरचना हटाउन १५ दिनको म्याद

Sharing is caring!

जेठ १६, २०७५ । २७ किलोमिटर लामो काठमाडौंको चक्रपथलाई ८ लेन बनाउने लक्ष्यअनुसार सरकारले कलङ्की–महाराजगञ्ज खण्डमा प्रारम्भिक प्रक्रिया शुरू गरेको छ । चीन सरकारको अनुदान सहयोगमा बन्ने भनिएको उक्त सडक खण्डको निर्माण, सुधार र विस्तार कार्य तत्काल हुने भएकाले सडक विभागले १५ दिनभित्र त्यसभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।

विभागको वैदेशिक समन्वय महाशाखा काठमाडौं चक्रपथ सुधार योजनाले जेठ ८ गते संरचना खाली गर्न सूचना जारी गरेको हो । उक्त सडक खण्डको केन्द्रविन्दुबाट दायाँ/बायाँ दुवैतर्फ ३१/३१ मिटरसम्म सडकको सीमा कायम गरिनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले तोकिएको समयभित्र उक्त खण्डको सीमामा पर्ने स्थायी वा अस्थायी संरचना घर, टहरा, घुम्ती, हार्डवेयर पसल तथा अन्यलगायत हटाउन भनिसकिएको जानकारी दिए । ३१ मिटर क्षेत्रफलमध्ये राइट अफ वे २५ मिटर र पूmटपाथ ६ हुनेछ ।

महाशाखाका अनुसार निर्धारित समयमा संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार ‘राइट अफ वे’ खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयबाट काम अघि बढाइनेछ । संरचना भत्काउँदा लाग्ने खर्च पनि संरचनाधनीबाटै असुल गरिने भएको छ । निर्माणाधीन अवस्थामा रहेको काठमाडौं उपत्यकाको कोटेश्वर–कलङ्की सडक विस्तारजस्तै अब कलङ्की–महाराजगञ्जमा सोहीअनुसार सडक विस्तार गर्न सडक विभाग र चीन सरकारबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ ।

कलङ्की–कोटेश्वर सडक विस्तारको काम भने गलत डिजाइनअनुसार भएको भन्दै विरोध हुँदै आएको छ । तर, महाशाखा प्रमुख श्रेष्ठले अभियानसँग भएको कुराकानीमा कोटेश्वर–कलङ्की सडक विस्तारमा देखिएको कमजोरीलाई सुधार गरी सडक विस्तार गरिने जानकारी दिएका थिए ।

कलङ्की–महाराजगञ्ज सडक निर्माण तथा विस्तार गर्दा बीचमा २ देखि ३ मिटर डिभाइडर राखिनेछ । पूmटपाथ पनि अनुकूल हुने गरी विकास गरिनेछ । आगामी असार १५ सम्ममा सो क्षेत्रमा पर्ने भौतिक संरचना हटाइएपछि सडक विभागले चिनियाँ निर्माण कम्पनीलाई फाइल दिएलगत्तै सडक विस्तारको काम अघि बढ्ने गरी एमओयू भएको हो । महाशाखाले असार १५ सम्ममा त्यस खण्डमा रहेका बिजुलीका पोल, रूख र अन्य भौतिक संरचना हटाएर साइड क्लियर गराउनु पर्नेछ ।यो खबर आजको आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *