शेयर बजार: सामान्य अङ्कले वृद्धि

Sharing is caring!

साउन ३१, २०७५ । आज शेयर बजारमा सामान्य अङ्कले वृद्धि भएको छ । केही दिनदेखि लगातार बढेको नेपाल स्टक एक्सचेन्स (नेप्से) साताको अन्तिम कारोबार हुँदा पनि झिनो अंकले बढेको छ । यस दिन नेप्से शून्य दशमलव ६१ अंकले बढेर १२१० दशमलव ३२ बिन्दूमा बन्द भएको छ ।

एक घण्टापछि केही सुधार हुने अपेक्षा गरिए पनि निरन्तरको उतारचढावपछि अन्ततः कारोबार बन्द हुने बेलासम्म आइपुग्दा नेप्से घटेको थियो । तर, कारोबार पूर्ण बन्द हुँदै गर्दा शून्य अंकको सुधार देखिएको हो ।

यस दिन कारोबारमा आएका ११ वटा समूहमध्ये बैंकिङ र उत्पादन समूहबाहेक सबै समूहमा गिरावट आएको छ । बुधबार २८ अंकको तुलना बिहीबार परिसूचक घटे पनि कारोबारमा भने उल्लेख वृद्धि भएको छ । धेरै समयपछि कारोबार आधा अर्बको हाराहारीमा कारोबार भएको यस दिन जम्मा ४५ करोड ५२ लाख ४३ हजार ७८५ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) को मात्रै १८ करोड ९९ लाख रुपैयाँको कारोबार छ । यस दिन सबैभन्दा बढी जीवन बीमा समूह घटेको छ ।

त्यसै गरी बोटर्स नेपाल प्रालिका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा ललितपुर फाइनान्स र हिमालयन बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।

बिहीबार समग्र परिसूचक वृद्धि हुँदा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य २ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *