शेयर कारोवारमा सामान्य वृद्धि

Sharing is caring!

असोज २२, २०७५ । आज धितोपत्र बजारमा शेयर कारोवारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ६.१६ बिन्दुले बढेर १२२०.५२  बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ पुगेर बन्द भएको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ ।

त्यस्तै आज सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले बढेको छ । साथै सर्वाधिक मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *