विश्व पौडी च्याम्पियनसिप : नासिरको अर्को कीर्तिमान, गौरिकाले पनि बनाइन कीर्तिमान

Sharing is caring!

साउन ८, २०८० । नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । हुसेनले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कोरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

सोमबार भएको २०० मिटर फ्रिस्टाइलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए । नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टाइलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

यसैगरी महिला तर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिहंले पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पूरा गरिन् । अध्यक्ष बज्राचार्यका अनुसार गौरिकाको यस अघिको समय १ मिनट ७.३१ सेकेन्ड समयको कीर्तिमान तोड्न सफल भइन् । उनले उक्त कीर्तिमान गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।
भोलि मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।

बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरेपछि आयोजना भएको यो पहिलो विश्व च्याम्पियनशीप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *