बगान’ले ७० लाख ग्रस कलेक्शन गर्‍यो

Sharing is caring!

साउन ८, २०८० । नेपाली चलचित्र ’बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । सोमवार निर्माताले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो चलचित्रले ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफुले वितरकले दिएको हरेक दिनको हिसाब अनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताएका हुन् ।

’बगान’ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको उनले बताए । उनले भने, “आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’ उनले नेपाली चलचित्रले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितिमा ’बगान’को व्यापारले उमंग ल्याएको बताए ।
एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क चलचित्र हेरेको निर्माता जानकारी दिए ।

यो चलचित्र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *