‘विप्लव’ नेतृत्वको नेकपाले ४ कम्पनी जनसेना निर्माण गरेको खुलाशा

Sharing is caring!

जेठ १३, २०७६ ।  गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ४ कम्पनी जनसेना निर्माण गरेको खुलेको छ । र, उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री थापाले सदनमा जानकारी गराए ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा जानकारी दिएका हुन् । उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था पनि गठन गरेका जानकारी दिए । यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।

गृहमन्त्री थापाले केही समययता नेकपा विप्लव समूहले संविधान बिरोधि, गैरकानुनी, शान्ति विरोधी जस्ता गतिविधि गर्दैं आएको बताए ।

उनले भने, ‘देशव्यापी रूपमा भ्रष्टाचारविरूद्ध भन्ने नारा अन्तर्गत एनसेलका टावर र विस्फोट गरेका घटना देख्यौं’ ।

उनीहरुले आइतबारमात्रै काठमाडौंको ३ स्थानमा विस्फोट गराएको थियो । सो विस्फोटमा परी ४ जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले सदनलाई जानकारी दिए ।

मृत्यु हुनेहरु सबै ‘विप्लव’को संगठनसँग सम्बन्धित व्यक्ति रहेको र घाइतेहरु पनि अधिकांश सोही समूह रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *