विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री दाहालको आग्रह

Sharing is caring!

भदौ १, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमान्दार भएर एकजुट हुन आवश्यक भएको बताए ।

उनले भने, आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ? भन्ने गम्भीर प्रश्न हाम्रो पुस्तालाई सदैव रहनेछ । एउटा आयोजना सम्पन्न हुन ५-६ वर्ष समय लाग्छ, तसर्थ हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी छ ।

प्रधानमन्त्री दाहालले नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको स्वीकार गरे ।
खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको र अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *