संघीय निजामती ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

Sharing is caring!

भदौ १, २०८० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गराउने तयारीमा रहेको बताएका छन् ।

शुक्रवार कांग्रेस निकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो संविधानले परिकल्पना गरेको संघीयताका संरचाहरु,अगाडि बढाउँनको लागि चाँडो संघीय ऐनहरु ल्याउन नसकेको स्वीकार गरे । उनले संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिसकेपछि संविधानले परिकल्पना गरेको संघीयताका संरचाहरु,अगाडि बढाउँनको लागि जति चाँडो संघीय ऐनहरु ,शिक्षा ऐन निजामति ऐन ल्याउनुपर्थ्यो । त्यो सकेनौं । अहिले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गराउने सरकार प्रतिबद्धता छ । ’

उपप्रधानमन्त्री खड्काले निजामती सेवा ऐन राष्ट्रको हितमा बन्दै गरेको खुलास पनि गरे । उनले भने, ‘निजामती सेवा ऐन राष्ट्रको हितमा ,जनताको सेवाग्राहीको हितमा सिङ्गो देश र जनताको हितमा बन्दैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *