गौहत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिको चेतावनी

Sharing is caring!

भदौ १७  २०७६ ।  विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार समितिले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ ।

समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’

कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिएका छन् । उनले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे । हालै भएको गौ–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए ।

उनले भने,‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ ।

जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए । उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे ।

कार्यक्रममा विश्व हिन्दू य