डा. केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने: मन्त्री पोखरेल

Sharing is caring!

असार २९, २०७५ ।  ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्नुभएको हो ।

उहाँले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका बढीभन्दा बढी विकृति विसंगति उठाउनुपर्नेमा जोड दिँदै यस्ता विसंगति हटाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उहाँलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उहाँलाई काठमाडौँ ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उहाँले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताउनुभयो ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गर्नुभयोे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पुरयाउनुभएको योगदानको कदर गर्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *