दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि

Sharing is caring!

असोज ८, २०७५ । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि व्यवसायीहरुले ५ गतेबाट बुकिङ खुल्ला गर्ने भनिए पनि इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउदै रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको बताए ।

यातायात व्यवस्था विभागले आइतबार नै बढाइएको १० प्रतिशत भाडा अनुसार  देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

काठमाडौंमा बिभिन्न पेसा गरि बसेका, पढाइ लगायतकाहरु दशैं, तिहार र छठ पर्व मनाउन घर फर्किने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *