नेपाल भेटेरीनरी एशोसिएसनले भने- गाई मार्नेलाई कडा कारबाही हुनुपर्छ

Sharing is caring!

भदौ १६, २०७६ । नेपाल भेटेरीनरी एशोसिएसनले नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनामा दोषीमाथि कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो माग गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानून निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिईने विश्वास दिलाए । पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि उनले दुःख व्यक्त गरे । उनले भने,‘यो घट्नामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौं ।’

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *