बर्दिया कारागारबाट कैदी फरार

Sharing is caring!

भदौ १७, २०८० । बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका –८ का २७ बर्षीय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट भागेका हुन् ।

उनी आईतबार बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताए । उनका अनुसार बुढाक्षेत्रीले गत एक बर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरीरहेका थिए ।

अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बुढाक्षेत्री फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजीकार्य भैरहेको जानकारी दिए ।

उनले भने, भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाईएको छ । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाएर खोजीकार्य गरिरहेका छौं ।

२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँने क्रममै फरार भएका उनलाई प्रहरीले गत बर्ष मात्र पक्राउ गरेको थियो । क्षेत्रीलाई अदालतले कतव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० बर्षको कैद सजायको फैसला सुनाएको थियो ।

जिल्लाहरुमा समेत हुलिया पठाएर खोजीकार्य गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *