वार्ता सहमति नजिक पुग्दै

Sharing is caring!

साउन ९, २०७५। डा. गोविन्द केसीले उठाउनुभएका अधिकांश मागमा वार्ता सहमति नजिक पुगेको छ । २५ दिनदेखि अनसनमा बसिरहनु भएका केसीको माग सम्वोधन गर्नका लागि सरकारी वार्ता टोली र केसी पक्षबीच मंगलबार रातीसम्म वार्ता भएको थियो ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साढे तीन घण्टा चलेको वार्तामा डा. केसीले उठाएका अधिकांश माग पुरा गर्न सरकार सकारात्मक भएको बताइएको छ । बाँकी विषयमा बुधबार बिहान छलफल गरी वार्तालाइए टुंगोमा पुरयाउने सहमति भएको छ ।
सरकार र केसी पक्षका वार्ताटोलीका संयोजकले धेरै विषयमा समझदारी नजिक पुगेको र बाँकी विषय बुधबार बिहान बैठक बसी टुंग्याउने निर्णय भएको विज्ञप्तीमा जारी गरेर जानकारी दिएका छन् ।

सरकारी वार्ता टोली संयोजक तथा शिक्षा सचिव खगराज बरालले वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जानकारी दिनुभयो । डा. केसी पक्षका संयोजक डा. अभिषेकराज सिंहले वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *