राज्यले उद्योग व्यापार गर्नु हुँदैन भन्ने दक्षिणपन्थीहरुको बाटो हेरेर देश अघि बढ्दैन : नेता खनाल

Sharing is caring!

कात्तिक २४, २०८० । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राज्यले उद्योग व्यापार गर्नु हुँदैन भन्ने दक्षिणपन्थीहरुको बाटो हेरेर देश अगाडि नबढ्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अमृतनाथ तिमल्सिनाद्वारा लिखित ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उत्पादित बहुमूल्य वस्तुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्ने भन्दै नेता खनालले उद्योग–व्यापार रान्यले गर्नु हुँदैन भन्ने पश्चिमतिरबाट आएको हावाले रङमगिएका दक्षिणपन्थीहरुको बाटो हेरेर देश अगाडि नबढ्ने बताए ।

उनले भने, ‘हामीले बजार सेवा दिनुपर्छ । उत्पादन गर्नेलाई त राष्ट्रिय बजार के छ अन्तराष्ट्रियबजार के छ के थाहा । बहुमूल्य बस्तु उनीहरुले उत्पादन गरिदिएका हुन्छन् । त्यस्ता चिजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्छ ।’

उनले वामपन्थीहरु सही विचारका आधारमा मिल्ने सके देशमा अचम्मका परिवर्तनहरु हुने भन्दै वामपन्थीहरु फुट्ने र टुट्ने भएमा देश अग्रगतितिर नजाने टिप्पणी गरे । सबै वामपन्थीहरुमा जिम्मेवारीको भावना हुन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘देशका वापन्थीहरु जतिबेला सही विचारको आधारमा मिल्छन्, देशमा अचम्मका परिवर्तनहरु हुन्छन् । तर जतिबेला स–साना कुराहरुको आधारमा वामपन्थीहरु फुट्छन्, टुट्छन् र एकअर्कालाई मज्जाले गाली गर्न सुरु गर्छन् । देश अग्रगतितिर जान सक्दैन । यो देश कसैले बनाउँछ भने वामपन्थीहरुले मात्र हो । अरुले बनाउँदैनन् । तर वामपन्थीहरुमा जुन किसिमको जिम्मेवारीको भावना हुनुपर्ने हो त्यो भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *